
काठमाडौँ। जेनजी प्रदर्शनका कारण बन्द भएको शेयर कारोबार आजदेखि पुनः सुरु भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार नेप्सोलाई निर्देशन जारी गर्दै दोस्रो बजार कारोबार नियमित सञ्चालन गर्न आदेश दिएपछि आजदेखि कारोबार खुलेको हो ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अवस्था सहज भए पनि लामो समयसम्म बजार बन्द गरिएकोमा आलोचना भइरहेको थियो । “अबदेखि शेयर कारोबार साबिक बमोजिम सञ्चालन हुनेछ,” प्रवक्ता पराजुलीले जानकारी दिनुभयो ।
जेनजी प्रदर्शनका कारण पूर्वनिर्धारित समयमै सञ्चालन हुन नसकेको शेयर कारोबार फेरि सुरु भएपछि लगानीकर्तामाझ उत्साह देखिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij