Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

मौसम पूर्वानुमान : देशभर साधारण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : देशभर साधारण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

  •  

    काठमाडौँ ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको र अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहँदा देशभर मौसम बदली रहने पूर्वानुमान गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू(भागका केही स्थानमा तथा अन्य भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू(भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यस्तै, रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा अन्य भू(भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij