Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

शेयर बजारमा दोस्रो सर्किट ब्रेक , नेप्से परिसूचक १३३ अंक घटेर २५३८ मा झरेपछि सर्किट ब्रेक

शेयर बजारमा दोस्रो सर्किट ब्रेक , नेप्से परिसूचक १३३ अंक घटेर २५३८ मा झरेपछि सर्किट ब्रेक

  • काठमाडौँ । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि पहिलो पटक खुलेको सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । योसँगै ४० मिनेटका लागि कारोबार स्थगित भएको हो ।

    पहिलो सर्किट ब्रेक लागेसँगै २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः अर्को सर्किट ब्रेक लागेपछि बजार ४० मिनेटका लागि स्थगित गरिएको हो । 

    कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजारमा फेरि कुल ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

    दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३ अंक घटेर २५३८ मा कायम भएको छ । दुई पुनर्बीमा कम्पनी सामेल भएको अन्य समूह सबैभन्दा धेरै ८.९ प्रतिशत घटेको छ । बैंकिङ, विकास बैंक, लगानी र जीवन बीमा समूह ५ प्रतिशतभन्दा धेरै घटेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij