
काठमाडौँ । जेनजी आन्दोलन पछि पहिलो पटक खुलेको शेयर बजारमा ६ प्रतिशतले नकारात्मक सर्किट लागेको छ । ६ प्रतिशतले नकारात्मक सर्किट लागेपछि बिहीबारका लागि कारोबार बन्द गरिएको हो ।
नियमित कारोबार सुरु भएको २ मिनेटमा बजार ४ प्रतिशतले घटेर २० मिनेट कारोबार स्थगन गरियो । २० मिनेटपछि पुनः खुलेको बजार ५ प्रतिशतले घटेर गएपछि फेरि ४० मिनेटका लागि कारोबार स्थगन भएको थियो ।
त्यसपछि बिहीबार बजार १६०.३३ अंकले घटेर परिसूचक २५११.९१ बिन्दुमा अडिन पुगेको छ । कारोबारमा ९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको सेयर मूल्य घटेको छ ।जेनजी आन्दोलनले भएको सत्ता परिवर्तनको प्रभाव सेयर बजारमा निराशा लिएर आएको देखिएको छ ।
जेनजी आन्दोलनले भ्रष्टाचार र कुशासनको विरोध गर्दै गरेको आन्दोलनले सरकार ढलेर नयाँ अन्तरिम सरकार बनेको छ । शेयर बजारलाई माया गर्ने नै अर्थमन्त्रीको रुपमा रामेश्वर खनालाई नै अन्तरिम सरकारमा सामेल गरिएको छ । तर जेनजी आन्दोलनका कारण करिब एक साता बन्द भएर कारोबार खुलेको पहिलो दिन नै शेयर बजारले सत्ता परिवर्तनलाई १६० अंक बढीले अस्वीकार गरेको देखिएको कतिपय पर्यवेक्षकहरूको भनाइ रहेको छ । कतिपयले भने पुराना सरकारका समर्थकहरूको तर्फबाट यो ताकत प्रदर्शन गरेको हुन सक्ने आकलन गरेका छन् । बजारले आफ्नो स्वाभाविक लयमा आए मौजुदा अर्थमन्त्रीको प्रयासलाई आकलन गर्न सकिने उनीहरू बताउँछन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij