
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् । बिहीबार राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटेको जानकारी काठमाडौंस्थित चिनियाँ दूतावासले दिएको हो ।
भेटमा राजदूत सोङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना तथा बधाई दिँदै चिनियाँ सहयोगको प्रतिबद्धता जनाएको जनाइएको छ ।साथै भेटमा आपसी दृष्टिकोण आदानप्रदान गर्दै मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे दुवै पक्ष सहमत भएको चिनियाँ दूतावासले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij