Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images
जेनजी आन्दोलनको प्रभाव

बीमा कम्पनीहरूलाई प्रेसर झण्डै २१ अर्बको बीमा दाबी

बीमा कम्पनीहरूलाई प्रेसर झण्डै २१ अर्बको बीमा दाबी

  • काठमाडौँ । जेनजी आन्दोलनको प्रभावले बीमा कम्पनीहरू दबाबमा परेका छन् । जेनजी आन्दोलको क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिका लागि २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको दाबी  ती कम्पनीहरूमा गरिएको छ ।

    प्राधिकरणले सार्वजनिक गरेको भाद्र ३१ गतेसम्मको प्रारम्भिक तथ्यांकअनुसार १४ निर्जीवन बीमक र ४ लघु निर्जीवन बीमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको दाबी गरिएको छ । प्राधिकरणका अनुसार १८ वटा बीमा कम्पनीमा १ हजार ८सय८४ वटा दाबी गरिएका  छन् । 

    तथ्यांकअनुसार ओरिएन्टल इन्स्योरेन्समासबैभन्दा धेरै दाबी परेको छ । भाद्र ३१ गतेसम्म ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँको ४० वटा दाबी परेको छ । त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा  ४ अर्ब ९३ करोड २२ लाख रुपैयाँ बराबरको २५८ वटा दाबी गरिएको छ । शिखर इन्स्योरेन्स कम्पनीमा  २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ बीमा दाबी गरिएको छ । उक्त कम्पनीमा ३ सय ६६ वटा दाबी परेको प्राधिकरणले जनाएको छ।

    प्राधिकरणको तथ्यांकअनुसार  आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बराबरको गरिएको देखिन्छ ।

    त्यसैगरी  सानिमा जीआईसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँबराबरको बीमा दाबी गरिएको देखिन्छ ।

    लघु निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै प्रोटेक्टिभ माइक्रोमा १ करोड १३ लाख रुपैयाँ दाबी परेको छ । त्यसैगरी स्टार माइक्रोमा ६७ लाख ७ हजार रुपैयाँ, नेपाल माइक्रोमा ५६ लाख ३६ हजार रुपैयाँ र ट्रस्ट माइक्रोमा ४२ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको प्राधिकरणको तथ्यांकमा देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij