
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफा र सञ्चितिबाट आफ्ना शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको गत बुधवार बसेको सञ्चालक समितिको बैठकले लाभांश सम्बन्धी निर्णय गरेर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०लाई जानकारी गराएको हो।
कम्पनीको चुक्तापूँजी ३ अर्ब ८४ करोड ८० लाख ३ हजार रुपैयाँ रहेको छ। यस आधारमा कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij