Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

नेपालको राजनीतिमा युवाहरूको बदलिँदो भूमिका : परम्परा तोड्दै , भविष्य निर्माण गर्दै

नेपालको राजनीतिमा युवाहरूको बदलिँदो भूमिका : परम्परा तोड्दै , भविष्य निर्माण गर्दै

  • अघिल्ला पुस्तामा  नेपालको राजनीति प्रायः अनुभवी नेताहरू, परम्परागत शक्ति धनीहरू र स्थापित दलका नेताहरूको जगमा टेकेर मात्रै चल्ने मानिन्थ्यो। युवाहरूलाई भने पढ्न, काम गर्न,  अनि पछि गएर बुढा  पुस्ताको  बाटो पछ्याउन भनिन्थ्यो। तर आजका युवाहरू मौन दर्शक  बनेर बस्न चाहँदैनन।

    उनीहरू प्रश्न उठाइरहेका छन,्पुराना चलनलाई चुनौती  दिइरहेका छन् ।  आफ्ना आकांक्षालाई प्रतिबिम्बित गर्ने नयाँ राजनीतिक संस्कृति निर्माण गर्न चाहिरहेका छन् । विश्वविद्यालयदेखि सामाजिक सञ्जालसम्म, युवाहरूले सहभागिताका नयाँबाटाहरू खोलिरहेका छन। भ्रष्टाचार, वातावरणीय बेवास्ता, बेरोजगारी र लैङ्गिक असमानता जस्ता विषयमा उनीहरू निर्भीक भएर बहस गर्छन। पुराना नेताहरूको असफलतालाई प्रश्न गर्न उनीहरू हिच्किचाउँदैनन।

    परम्परालाई मात्र धानिरहनु भन्दा बिग्रिएको प्रणालीलाई सुधार्ने उनीहरूको जिद्दीले नयाँ राजनीति जन्माइरहेको छ । सडक आन्दोलनहरूले पनि युवाको शक्ति प्रष्ट देखाएका छन। जलवायु आन्दोलन होस, मानवअधिकारको माग होस वा शैक्षिक सुधारको आवाज होस, अगाडि उभिनेहरू प्रायः विद्यार्थी र युवा कार्यकर्ताहरू नै हुन्छन् ।  उनीहरू प्रतीकात्मक प्रतिनिधित्वमा सन्तष्टु छैनन ,्संरचनात्मक परिवर्तन खोजिरहेका छन। उनीहरूको विश्वास छ– राजनीति उमेर र पदअनसार होइन, योग्यता, पारदर्शिता  र जवाफदेहितामा आधारित हुनुपर्छ । यस नयाँपस्ताको  सोचको अर्को विशषता हो– परम्परागत दलहरूको विचारधारात्मक झमेलामा नफस्नु, दशकौँदेखि ध्रवीकरणमा अड्किएको नेपाली राजनीतिभन्दा फरक, उनीहरूको प्राथमिकता स्पष्ट छः दिगो विकास, डिजिटल शासन, समावेशिता र विश्वव्यापी सम्पर्क, उनीहरूका लागि राजनीति शक्ति मात्र होइन, समस्या समाधान गर्ने साधन हो।

    यो परिवर्तनले नेपाली समाजमा पनि ठूलो सांस्कृतिक रुपान्तरण ल्याइरहेको छ। पहिले जसलाई “ठूलाको कुरा नमान्ने, प्रश्न नगर्ने“ भनेर सिकाइन्थ्यो, आजका यवाहरूले त्यस सोचलाई उल्टाइरहेका छन।् उनीहरूलेपरम्परालाई सम्मान गर्छन् । तर अन्धअनुगमन स्वीकार्दैनन।् उनीहरूको बुझाइ छ– मौन बस्दा समाज स्थिर रहँदैन। आवाज उठाएर मात्रै नागरिकताको वास्तविक अर्थ पूरा हुन्छ।

    यद्यपि चनौतीहरू अझैछन।् स्रोतसाधनको कमी, संस्थागत प्रतिरोध र “अनुभवहीन “ भनेर गर्ने आलोचना यवाहरूको ु बाटोमा ठूला अवरोध हुन।् तर यी कठिनाइहरूलेउनीहरूको संकल्पलाई अझै दृढ बनाएको छ।

    यसरी हेर्दा नेपालको राजनीतिमा युवाहरूको  उदय केवल पुस्ता परिवर्तनको कथा मात्र होइन, समाज रूपान्तरणको कथा हो। अब युवाहरू अवसरको पर्खाइमा छैनन,उनीहरूलेआफैंलाई अगाडि ल्याइरहेका छन।् नेतत्वलाई पुनपरिभाषित गर्दै, उनीहरूले सबलाई  सम्झाइरहेका छन् कि लोकतन्त्र उनीहरूको हो, जसले साहस गरेर यसलाई निर्माण गर्न खोज्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij