Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

मधेस प्रदेश सरकारका सेवा दसैँपछि पूर्ण रुपमा सञ्चालन हुने

मधेस प्रदेश सरकारका सेवा दसैँपछि पूर्ण रुपमा सञ्चालन हुने

  • जनकपुरधाम,।मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजीको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादसँैपछि पूर्ण रुपमा सेवा प्रवाह गर्ने बताउनुभएको छ । उहाँले आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै जेनजी प्रदर्शनका क्रममा मधेस प्रदेश सरकारको सरकारी निकायमा भौतिक संरचनाको व्यापक क्षति भएकाले यसको मर्मत तथा सुधारमा थप अझै केही दिन समय लाग्ने र त्यसपछि सेवाहरु पूर्ण रुपमा सञ्चालनमा आउने बताउनुभयो । सुरक्षामा क्रमिक रुपले सुधार हुँदै गएकाले प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयहरुमा कर्मचारीहरु आउन सुरु गरिसकेको उहाँको भनाइ छ ।

    यद्यपि काम गर्न भौतिक संरचनाको समस्या र अभाव रहेको उल्लेख गर्दै उहाँले त्यसको वातावरण बनाउनका लागि केही दिन समय लाग्ने बताउनुभयो । प्रदेशसभा भवनसहित मन्त्रालयहरुको क्षति भएको संरचनाहरुको मूल्याङ्कनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । मधेस प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री कार्यालयसहित मधेस प्रदेशसभा भवन तथा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालय , ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयलगायत अन्य मन्त्रालय तथा सरकारी कार्यालयको भौतिक संरचनामा आक्रमण गरी तोडफोड गर्नाका साथै आगजनी गरिएको थियो । साथै सवारीसाधनहरु पनि क्षतिग्रस्त बनाइएको छ । सुरक्षा अभावमा त्यहाँको समानहरु पनि लुटपाट भएको छ । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij