Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

सानिमा बैंकले ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने

सानिमा बैंकले ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने

  •  

    काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८१/८२ को नाफाबाट यस वर्ष पनि नगद लाभांश मात्र वितरण गर्ने भएको छ। असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले करसहित ७ दशमलव ३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बैंकको हालको चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको छ। सोही आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि लाभांश वितरण गरिनेछ। गत वर्ष करसहित ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको सानिमा बैंकले यस वर्ष लाभांश दर बढाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij