Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

नेपाल इन्स्योरेन्सको हकप्रद लिलामीमा बोलपत्र अवधि असोज ८ गतेसम्म बढाइयो

नेपाल इन्स्योरेन्सको हकप्रद लिलामीमा बोलपत्र अवधि असोज ८ गतेसम्म बढाइयो

  •  

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने अवधि थप गरेको छ। कम्पनीले यसअघि असोज ५ गतेसम्मको समय तोकेकोमा यसलाई तीन दिन बढाएर असोज ८ गतेसम्म पुर्‍याएको हो।

    कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म ३४.७८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा बाँकी रहेका संस्थापकतर्फका ४,४६८.७६ कित्ता र सर्वसाधारणतर्फका १,९२,५७४ कित्ता गरी कुल १,९७,०४२.७६ कित्ता शेयर लिलामीमा बिक्रीका लागि खुला गरेको हो।

    प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा लिलामी हुने यी शेयर खरीदका लागि लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

    हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ छ। अवितरित हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी बढेर २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। यससँगै कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम स्तरमा पुग्नेछ।

    शेयर विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij