
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो दिन आइतबार बढेको बजारले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिँदै ५८.६३ अंकले वृद्धि भई २६८२.२५ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ९.०८ अंक, फ्लोट इन्डेक्स ३.९० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०१ अंक बढेका छन्।
सूचक बढेपनि कारोबार रकम घटेको छ। आइतबार ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकोमा मंगलबार ३२८ स्टकको ६७ हजार ३८२ पटकको कारोबारमा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँबराबरको १ करोड १३ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
मंगलबार ८ स्टक सकारात्मक सर्किट लेभलमा कारोबार भए।
सप्तकोशी डेभलपमेन्ट बैंक
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
ग्रीन डेभलपमेन्ट बैंक
नारायणी डेभलपमेन्ट बैंक
सिन्धु विकास बैंक
भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी
एशियन हाइड्रोपावर
हिम स्टार उर्जा कम्पनी
यस दिन मूल्य घटेका स्टकहरूको गिरावटदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो।
त्यस्तै,
यूनिभर्सल पावर कम्पनी : करिब १८.५ करोड रुपैयाँ
हिमालयन डिष्टिलरी : १८ करोड रुपैयाँभन्दा बढीको कारोबार
यस दिन सबै उपसमूहको परिसूचक वृद्धि भएको छ।
निर्जीवन बीमा : ३.४८% वृद्धि (सबैभन्दा बढी)
जलविद्युत : ३% भन्दा बढी वृद्धि
विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य : २% भन्दा बढी वृद्धि
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij