
काठमाडौँ । अन्तरिम सरकारले भूउपयोग नियमावली संशोधन गर्न लागेको छ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भूउपयोग (दोस्रो संशोधन) नियमावलीलाई संशोधन गर्ने निर्णय गरेका हुन् ।
भूउपयोग नियमावली बाधक बन्दा विद्युत् लाइन विस्तार र अन्य विकास निर्माणका काममा समेत बाधा पुगेको भन्दै मन्त्री सिन्हाले यस्तो निर्णय गरिएको बताए । उनका अनुसार भूउपयोग नियमावलीका कारण कित्ताकाट रोकिएको छ ।
पहिलो निर्णयको रुपमा भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ लाई संशोधन गर्ने प्रक्रिया अगाडि बढाइएको छ । अहिले कित्ताकाटहरू रोकिएका छन् । कित्ताकाट रोकिएको कारण विद्युतका ट्रान्समिसन लाइन र अन्य विकास निर्माणका काम पनि रोकिएको अवस्था छ । त्यो समस्याहरू हटाउनको लागि नियमावलीको आवश्यकता देखिएको कारणले संशोधन गर्न लागिएको छ । सहकारी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न कार्य गरिनेछ ।
स्थानीय तहलाई दिइएका अधिकारहरु पनि विभिन्न कारणले रोकिएका छन् । केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रिकृत गरेर स्थानीय तहलाई जवाफदेही बनाउने खालको निर्णय भू—उपयोगसम्बन्धमा गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij