Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

सुनकोशी मरिन र भेरी बबई बहुउद्देश्यीय राष्ट्रिय गौरवका आयोजना ठेक्का तोडिँदै

सुनकोशी मरिन र भेरी बबई बहुउद्देश्यीय राष्ट्रिय गौरवका आयोजना ठेक्का तोडिँदै

  • काठमाडौँ । आयोजना निर्माणमा ढिलाईले आउने प्रतिफल गुम्दै गएकोले राष्ट्रिय गौरवका दुई महत्वपूर्ण आयोजना सुनकोशी मरिन र भेरीबबईको ठेक्का तोडिन लागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी मरिन र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका हुन् ।

    मन्त्री घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसहितका सरोकारवालाहरूसँग छलफल गरेका थिए । छलफलमा मन्त्री घिसिङले आयोजनाका ठेक्का तोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताए ।जनाइए अनुसार तराई क्षेत्रमा सिँचाइ पु¥याएर कृषिको उत्पादकत्व वृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउने आयोजनाहरुको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको छ । यसबारे सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्छ । 

    एक पक्षले अर्को पक्षलाई दोष देखाउने गरेको छ । निर्माण व्यवसायी आफ्नो कमजोरी ढाक्न कानुनका प्वालहरूको उपयोग गरेका छन् । राज्यको अर्बौं रुपैयाँ लगानी भइसकेको छ । आयोजना सुरु गर्दा गरिएको वित्तीय विश्लेषण अनुसार प्राप्त हुने प्रतिफल गुम्न लागेको छ ।

    दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेको भएपनि  बाँध, विद्युत् गृहलगायतका संरचना बनाउन नसकिएकाले  आयोजना अलपत्र अवस्थामा पुगेको देखिन्छ । तराई÷मधेमा सिँचाइका लागि पानीको हाहाकार छ , निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिने देखिएपनि सकाउने  नियतमा नदेखिएको बताउँदै मन्त्री घिसिङले म्याद थप्नुको कुनै औचित्य नदेखिएको बताए ।

    भेरी बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भएको थियो । बाँध तथा विद्युत् गृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान—रमण जेभीसँगठेक्का सम्झौता भएको थियो । आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ । सुनकोशी मरिन बाँध, विद्युत् गृहलगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत भएको जनाइएको छ । ठेक्का समयावधि ६० प्रतिशत जति सकिएको छ ।  आयोजनाको निर्माण व्यवसायी पटेल—रमण जेभी हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij