काठमाडौँ । विद्युतीय चार्जिङ स्टेसनबाट युवा रोजगार सिर्जना गर्न सकिने सरकारले विश्वास व्यक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले यस्तो विश्वास व्यक्त गरेका हुन् ।विद्युतीय चार्जिङ स्टसेनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई त्यस क्षेत्रि वरिपरि होटल, रेष्टुरेण्ट, कफीसपजस्ता सेवा प्रदायक रोजगारको विस्तार हुन सक्ने जनाउँदै मन्त्री घिसिङले सो विश्वास व्यक्त गरे ।
चेन्ज डिजिटलले काठमाडौंको सामाखुसीलगायतका देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्चिङ स्टेसनको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय वाहनमा रुपान्तरण गर्नु आवश्यक रहेको बताए ।
उनका अनुसार चार्जिङ स्टेसन व्यवसाय गर्नका लागि लगानीको राम्रो क्षेत्र भएकाले यसबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने छ । नेपालमा उत्पादित जलविद्युत खपतका लागि घरायसी, उद्योग, कलकारखाना लगायतका सबै क्षेत्रमा उपभोग बढाएर पेट्रोलियम पदार्थको आयातलाई घटाउन सकिन्छ । यसबाट आयात घट्दा मुलुकको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्नेछ । यसबाट अर्थतन्त्रमा ठूलो योगदान पुग्ने छ ।
सरकारले विभिन्न नीति तथा योजना मार्फत विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकतामा राखी सन् २०३० सम्ममा कूल निजी सवारी साधनको ९० प्रतिशत र सार्वजनिक सवारी साधनको ७० प्रतिशत विद्युतीय सवारी साधनको प्रयोग पु¥याउने लक्ष्य लिएको छ ।
सन् २०३५ मा विद्युतीय सवारी सधानको प्रयोग प्रतिशत वृद्धि गरी क्रमिककरूपमा ९५ र ९० प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोष अन्तर्गत सम्भाव्यता खाडल कोष (भायबिलिटी ग्याप फण्डिङ्ग )सहयोगमा आधारित दिगो ऊर्जा च्यालेञ्ज फण्ड मार्फत चार्जिङ स्टेसन स्थापनाका लागि सहयोग गर्दै आएको छ । केन्द्रबाट १८ वटा कम्पनीसँग ४५ वटा आयोजना मार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij