Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

जेनजी आन्दोलनले चीनबाट सय विद्युतीय बस ल्याउँन ढिलाइ भएको प्रक्रिया बढाँउदै साझा यातायात

जेनजी आन्दोलनले चीनबाट सय विद्युतीय बस ल्याउँन ढिलाइ भएको प्रक्रिया बढाँउदै साझा यातायात

  • काठमाडौँ । जेनजी आन्दोलनले चीनबाट सय विद्युतीय बस ल्याउँन ढिलाइ भएको प्रक्रिया साझा यातायातले अगाडि बढाउन थालेको छ ।साझा यातायातले चीन सरकारको अनुदानमा एक सय वटा विद्युतीय बस नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको हो । नेपाल सरकार र चीन सरकारबीच बस ल्याउने विषयमा आवश्यक पत्राचारको काम  पूरा भएको छ । ल्याउने तयारी भएका बेला  जेनजी आन्दोलनले ढिलाइ भएको साझा यातायातले जानकारी सार्वजनिक गरेको छ ।

    साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार बसहरु दशैँ अगाडि नै  ल्याउने योजना रहेको जनाए ।  हालैको जेनजी आन्दोलन कारण केही ढिलाई भएको उनले खुलाए । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत साझा यातायातलाई एक सय विद्युतीय बस उपलब्ध गराउने घोषणा गरेको थियो । सीईओ अर्यालका अनुसार चीनबाट जाँचका लागि आउने टोलीको भ्रमण जेनजी आन्दोलनका कारण  प्रभावित भएको हो । यो प्रक्रियालाई अगाडि बढाउन  साझा यातायातले अर्थमन्त्री रामेश्वर खनालसँग गरिसकेको छ । साथै ऊर्जामन्त्री कुलमान घिसिङ पनि विद्युतीय बस सञ्चालनप्रति सकारात्मक रहेका छन् । 
    जनाइए अनुसार एक सय वटा विद्युतीय बसका लागि करिब ३५ रोपनी जग्गा आवश्यक पर्ने अनुमान छ । विद्युतीय बसका लागि फास्ट चार्जर र ५०० भोल्ट डीसीको विद्युत लाइन अनिवार्य हुन्छ । सेवा विस्तारका लागि   ठाउँको खोजी चुनौती पूर्ण काम हो ।

    हाल साझा यातायातका १३ वटा चार्जिङ स्टेशनहरू सञ्चालनमा छन् ।  अहिले २२ रोपनी जग्गाभित्र साँघुरो अवस्थामा यी चार्जिङ स्टेशनहरू छन् । बेलुका १० बजेदेखि बिहान ५ बजेसम्मको अफ–आवरमा ३ रुपैयाँ ७० पैसा प्रति युनिटमा चार्जिङ शुल्क भएपनि  अन्य समयमा ९ रुपैयाँसम्म लाग्ने खर्च लाग्ने भएको छ । यसबाट सेवाको लागत खर्च बढ्न जाने गरेको छ ।

    साझाले नयाँ ठाउँको खोजी बूढानीलकण्ठतर्फ गरिरहेको छ ।स्थानीय सरकारसँग समन्वय गरेर नयाँ चार्जिङ र पार्किङ स्टेशनहरू निर्माण गरिनेछ ।साझा यातायातले ल्याइने ती बसहरूबाट   काठमाडौं उपत्यकाभित्र ट्राफिक व्यवस्थापन र प्रदूषण न्यूनीकरणमा केन्द्रित गर्न ल्याउन लागिएको लो फ्लोर (होचा) प्रकृतिका बसहरूले सघाउने विश्वास गरेको छ । त्यसपछि काठमाडौँ बाहिर पनि सेवा विस्तार गर्ने योजना बनाएको छ । त्यसको परीक्षण  दशैंमा काठमाडौं–नारायणगढमा सेवा दिएर गरिरहेके छ ।

    दशैंको समयमा यात्रुहरूको अत्यधिक चापलाई ध्यान दिएर साझा यातायातले काठमाडौंदेखि नारायणगढसम्म पाँचवटा विद्युतीय बस सञ्चालन गरेको छ । साझाले सरकारी रेटभन्दा पनि कम ३०० रुपैयाँ एकतर्फी भाडामा यात्रुहरूलाई नन–स्टप सेवा दिइएको छ । 

    साझा यातायातले जनाए अनुसार ल्याउन लागिएको विद्युती बसको सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव तालिम दिएर पूरा गरिने योजना छ । यस विषयमा आउन लागेको चिनियाँ टोली आउन नसक्दा प्रक्रियामा ढिलाइ भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij