काठमाडौँ । आइतबार शेयर बजारमा परिसूचकमा दुई अंक ११.५१ बिन्दुको वृद्धि भई २६६३.५१ बिन्दुमा उक्लिएको छ । कारोबार ३ अर्ब मुनि झरेको छ ।
यसअघि निरन्तर गिरावट हुँदै बिहीबार नेप्से २.३५ अंकले घटेर २६५२ अंकमा झरेको थियो ।
७५ लाख ११ हजार १सय ९३ कित्ता मात्र शेयर भएको आइतबारको कारोबार २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९ सय १० रुपैयाँ ७४ पैसा बराबर भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij