Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

बढ्दो महंगी र कमजोर बजेटबीच सजिलो बचत गर्ने उपाय : ५०ः३०ः२० को फर्मुला

बढ्दो महंगी र कमजोर बजेटबीच सजिलो बचत गर्ने उपाय : ५०ः३०ः२० को फर्मुला

  • काठमाडौँ ।बढ्दो महंगाईका कारण सर्वसाधारणको मासिक बजेट बिग्रँदै गएको छ। खासगरी मध्यमवर्गीय परिवारलाई के खाने र के बचाउने भन्ने ठूलो चुनौती बनेको छ। यस्तो अवस्थामा खर्च नियन्त्रण र बचत दुवै गर्न सकिने एउटा सजिलो उपाय ५०ः३०ः२० को फर्मुला मानिन्छ। यस अनुसार आफ्नो मासिक आम्दानीलाई तीन भागमा विभाजन गर्नुपर्छ—५० प्रतिशत आवश्यक खर्चका लागि, ३० प्रतिशत इच्छासँग जोडिएका खर्चका लागि र बाँकी २० प्रतिशत बचत वा लगानीका लागि।

    उदाहरणका लागि, यदि तपाईँको तलब ४० हजार रुपैयाँ छ भने करिब २० हजार रुपैयाँ रासन, शिक्षा, घरभाडा वा EMI जस्ता आधारभूत खर्चमा छुट्याउनुपर्छ। त्यसपछि १२ हजार रुपैयाँ मनोरञ्जन, बाहिर खाने, घुमघाम, कपडा वा ग्याजेट खरिदमा प्रयोग गर्न सकिन्छ। बाँकी ८ हजार रुपैयाँ भने बचत वा लगानीमा राख्नुपर्छ, जसलाई बैंकमा जम्मा गर्न वा सेयर बजारजस्ता क्षेत्रमा लगानी गर्न सकिन्छ। यसरी निरन्तर अभ्यास गर्न सके वर्षमा करिब १ लाख रुपैयाँसम्म बचत सम्भव हुन्छ।

    सुरुवाती चरणमा २० प्रतिशत बचत गर्न गाह्रो परे पनि आफ्नो आवश्यकता र फजुल खर्च छुट्याएर नियन्त्रण गर्न सकिन्छ। जस्तै, महिनामा चार पटक बाहिर खाने गर्नुहुन्छ भने दुई पटकमा सीमित गर्नुहोस्, महंगा कपडा खरिदमा कमी गर्नुहोस् र क्रेडिट कार्डको अनावश्यक प्रयोग घटाउनुहोस्। यसरी सानो–साना परिवर्तनले पनि दीर्घकालीन बचतमा ठूलो प्रभाव पार्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij