
काठमाडौँ । हमासले आफ्ना कब्जामा रहेका सबै बन्धकलाई रिहा गर्ने सहमति जनाएको छ। बीबीसीका अनुसार हमासले इजरायलले राखेका बाँकी सबै बन्धकको रिहाइ हुनुपर्ने शर्त राख्दै यस्तो निर्णय लिएको हो।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले समयसीमा तोकेको केही समयमै आएको यो घोषणालाई उनले दिगो शान्तिको संकेतको रूपमा व्याख्या गरेका छन्। ट्रम्पले इजरायललाई गाजामा बम विष्फोट तुरुन्तै बन्द गर्न आग्रह गर्दै बन्धकलाई सुरक्षित बाहिर निकाल्नुपर्ने बताएका छन्।
यस्तै, हालै अमेरिकाको भ्रमणमा गएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिकी शान्ति योजनामा सहमत भएको समाचार पनि बाहिर आएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij