Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध :अर्थ मन्त्रालय

कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध :अर्थ मन्त्रालय

  • काठमाडौं ।अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको  आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ । 

    मन्त्रालयले आज विज्ञप्ति जारी गरि स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि सङ्कलित रकम दुरूपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढङ्गले परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं।– १९६०१००१०२०७०००४ मा मात्र  रकम जम्मा गर्न अनुरोध गरेको हो । 

    सुशासन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमुक्त नेपालको पवित्र माग सहित यहि भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा सङ्कलित सहयोग रकम विभिन्न गैर सरकारी संघ संस्थाहरूमा जम्मा भइरहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij