Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

बागमती र सहायक नदीहरूमा जलस्तर बढ्यो, डुबानको जोखिम उच्च

बागमती र सहायक नदीहरूमा जलस्तर बढ्यो, डुबानको जोखिम उच्च

  • काठमाडौँ । निरन्तर वर्षासँगै बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएको छ । ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकोमा हाल जलस्तर ३.५८ मिटर पुगेको छ । त्यस्तै, मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४.४ मिटर पार भइसकेको छ भने नख्खु खोलामा पनि पानीको स्तर तीव्र गतिमा बढिरहेको छ ।

    मौसमविद्हरूका अनुसार आगामी २४ घण्टासम्म वर्षा जारी रहने सम्भावना रहेको छ, जसले गत वर्षझैँ ठूलो बाढीको जोखिम निम्त्याउन सक्छ । हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी आसपासका बस्तीहरू, कालिमाटी र बल्खु तरकारी बजार क्षेत्र डुबानको उच्च जोखिममा रहेका छन् ।

    स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन, आवश्यक सावधानी अपनाउन र सम्भावित बाढीबाट सुरक्षित स्थानमा बसोबास गर्न अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij