काठमाडौँ । सरकारी ठेक्कामा आवेदन बुझाउने म्याद बढाइएको छ।असोज १९ र २० गते सार्वजनिक बिदा दिएका कारण सो मितिमा अनलाइनमार्फत प्रस्ताव पेस गर्ने अन्तिम दिन रहेका ठेक्काको हकमा म्याद बढाइएको जनाइएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर विद्युतीय खरिद प्रणालीमा बोलपत्रको म्याद थपिएको जनाएको छ ।कार्यालयका अनुसार असोज १९ गते अन्तिम म्याद रहेकाको हकमा २१ गते र २० गते अन्तिम म्याद रहेकाको हकमा २२ गतेसम्म बोलपत्र/आशयपत्र/ प्रस्ताव तथा दरभाउपत्र पेस गर्न सकिने छ।
बोलपत्रदाताहरुलाई कार्यसम्पादन जमानत पेस गरी सक्नुपर्ने समयसीमा असोज १९ र २० गते सम्म भएको हकमा कार्यालयल २४ गतेसम्म म्याद थप्ने व्यवस्था गर्न सार्वजनिक निकायहरुलाई भनेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij