Logo

Oct 22 2025 | २०८२, कात्तिक ५गते

Oct 22 2025 | २०८२, कात्तिक ५गते

images

नागरिक लगानी कोषको स्पष्टीकरण : नयाँ कर्मचारीले बिमा प्रिमियम एकमुष्ट बुझाएर अर्को वर्षदेखि बिमा सुविधा

नागरिक लगानी कोषको स्पष्टीकरण : नयाँ कर्मचारीले बिमा प्रिमियम एकमुष्ट बुझाएर अर्को वर्षदेखि बिमा सुविधा

  •  

    काठमाडौं । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीका लागि बिमा ‘प्रिमियम’ रकम सम्बन्धी स्पष्टता दिएको छ। कोषका अनुसार, नयाँ कर्मचारीले आर्थिक वर्षभित्र पर्याप्त प्रिमियम रकम नपुग्ने भएमा, उक्त रकम आफू कार्यरत कार्यालयमार्फत एकमुष्ट रूपमा कोषमा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। यसरी रकम बुझाएपछि अर्को आर्थिक वर्षदेखि मात्र बिमा सुविधा सुनिश्चित हुने कोषले जनाएको छ।

    कोषले भनेको छ — यदि बिमा प्रिमियम रकम नपुगुञ्जेलसम्म जम्मा नहुने हो भने, त्यस अवधिसम्म कर्मचारी बिमा अन्तर्गत नपर्ने।

    नागरिक लगानी कोषले बिमा कोष सञ्चालन कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय बिमा संस्थानमा बिमा रकम पठाएर राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बिमा कोष सञ्चालन गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij