Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

जेनजीहरूले  राजनीतिक संगठन खोल्ने प्रक्रिया अगाडि बढाए

जेनजीहरूले  राजनीतिक संगठन खोल्ने प्रक्रिया अगाडि बढाए

  • काठमाडौँ । जेनजीहरूले  राजनीतिक संगठन खोल्ने प्रक्रिया अगाडि बढाएका छन् । उनीहरूले बिहीबार एक भेलाको आयोजना गरी यस्तो जनाएका हुन् ।  भेलामा सहभागी  जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरुको छुट्टै राजनिनितक दल खोल्नुपर्ने बताए । आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार  असोज २३ काठमाडौंस्थित नवदुर्गा होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरुले छुट्टै राजनितिक दलको आवश्यकता औंल्याएका हुन् । 

    सहभागीहरूका अनुसार  जेन जेड, वाई, एक्सको सहभागीताका तत्कालै राजनितिक दल गठन हुनुपर्ने  छ । राजनीतिक दल गठन पश्चात जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने छ ।

    उनीहरुले सरकारले तुरुन्तै शहीदहरुको सपना र घाईतहरुको माग सम्बोधन गर्नुपर्ने बताए । भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी दोषिउपर कारबाही गर्न पनि उनीहरुले माग गरे । जेनजीको समूह फरक-फरक भएको भन्दै उनीहरुले एकजुट हुन पनि आग्रह गरे । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij