Logo

Oct 22 2025 | २०८२, कात्तिक ५गते

Oct 22 2025 | २०८२, कात्तिक ५गते

images

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : “जेनजीको भावनालाई आत्मसात् गर्दै सुधारको नयाँ यात्रा सुरु भएको छ”

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : “जेनजीको भावनालाई आत्मसात् गर्दै सुधारको नयाँ यात्रा सुरु भएको छ”

  •  

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेरोजगारी र विभेदजस्ता दीर्घकालीन समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शुक्रबार एक भिडियो सन्देश जारी गर्दै उहाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका पीडित परिवार र घाइतेहरूका लागि राहत तथा उपचारका विशेष कार्यक्रम ल्याइएको बताउनुभयो। साथै, उनीहरूको कल्याणका लागि थप संयन्त्र निर्माण गर्ने कार्य सुरु गरिएको उहाँको भनाइ छ।

    प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूको राजनीतिक क्रान्तिको भावनालाई आत्मसात् गर्न सबैले आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, “हाम्रा युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ। देशमा न्याय, विधिको शासन र भ्रष्टाचारमुक्त प्रणाली स्थापनाको अपेक्षा छ।” उहाँले विगतका सरकारले युवाको आवाज सुन्न नसकेको स्वीकार गर्दै, अब युवापुस्ताको भावनालाई सम्मानपूर्वक सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो।

    प्रधानमन्त्रीले युवाहरूको निराशा र देशप्रतिको प्रेम दुबैलाई सकारात्मक ऊर्जामा रूपान्तरण गर्न आग्रह गर्दै नयाँ नेपाल निर्माणमा उनीहरूलाई अर्थपूर्ण सहभागिताका लागि संयन्त्र गठन गर्ने घोषणा गर्नुभयो। साथै, उहाँले सबै नागरिकलाई संयम र एकता कायम राख्दै हिंसाको चक्र अन्त्य गर्न अपिल गर्नुभयो।

    भविष्यको नेपाल निर्माणमा जेनजीको भूमिका निर्णायक हुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “दुःखद् घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीलाई आपसी सद्भाव र राष्ट्रिय एकता अपरिहार्य छ।” उहाँले शहीदहरूको बलिदान व्यर्थ नजाओस् भन्दै संकटको घडीमा सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij