Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

बाढी पहिरो प्रभावित क्षेत्र पुनःस्थापना सरकारको प्रतिबद्धतामा

बाढी पहिरो प्रभावित क्षेत्र पुनःस्थापना सरकारको प्रतिबद्धतामा

  • इलाम । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रको पुनःस्थापना गर्ने कामलाई तत्काल प्राथमिकतामा राखेर जान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।मन्त्री घिसिङले जिल्ला प्रशासन कार्यालय इलाममा जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आयोजित अन्तरक्रियामा  यस्तो बताएका हुन् । इलामलाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिएकाले पुनःस्थापनाको कामलाई पहिलो प्राथमिकतामा राखिने मन्त्री घिसिङले विश्वास दिलाए ।

    राहत तथा पुनर्निर्माण कार्यमा संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य आत्यावश्यक रहेको बताउँदै मन्त्री घिसिङले भने  ‘यो विपद् हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो, यसपटक इलामले नसोचेको क्षति बेहोर्नुपरेको छ । अब तीनै तहका सरकारबीच सहकार्य गरेर राहत र पुनःस्थापनामा जुट्न जरुरी छ । त्यो पहल सुरु भइसकेको छ’, ।

    मन्त्री घिसिङले  इलामका बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रको निरीक्षण गरेका थिए । उनले गत शनिबारको बाढीपहिराले क्षतिग्रस्त इलाम नगरपालिका–१० माईटापु, मेची राजमार्गको राजदुवाली सडक खण्ड र सदरमुकामदेखि मिलगोलाइसम्मको सडकखण्डको निरीक्षण गर्नुभयो । निरीक्षणपछि मन्त्री घिसिङले क्षतिग्रस्त पक्की पुल, बेलिब्रिज र झोलुङ्गे पुलको पुनर्निर्माणलाई अगाडि बढाइने बताए।
    इलाममा हालैको बाढीपहिरोबाट सानाठूला गरी १९ वटा पक्की पुल, दुईवटा बेलिब्रिज र तीनवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यहाँ बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते र एक जना बेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ती घटनाबाट २७६ परिवार विस्थापित, १५१ घर पूर्ण र ३२७ घर आंशिक क्षतिग्रस्त भएका बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij