Logo

Oct 22 2025 | २०८२, कात्तिक ५गते

Oct 22 2025 | २०८२, कात्तिक ५गते

images

सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता पुनः सुरु गर्ने

सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता पुनः सुरु गर्ने

  •  

    काठमाडौँ । सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता प्रक्रिया पुनः सुरु गर्ने निर्णय गरेको छ। सर्वोच्चका सबै न्यायाधीशहरूको सहभागितामा बसेको पूर्ण बैठकले आइतबार सो निर्णय गरेको हो।

    सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै अदालतमा असोज २८ गतेदेखि रिट दर्ता पुनः सुरु हुने जानकारी दिएका छन्। उनका अनुसार गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा अदालत परिसरमा भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटबाट भवन र कागजातमा क्षति पुगेपछि रिट दर्ता, सुनुवाइ लगायतका सबै काम स्थगित गरिएको थियो।

    हाल अदालतले अस्थायी टेन्टबाट सेवा दिइरहेको छ। बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनबाहेकका सबै कार्य असोज २८ गतेदेखि नियमित रूपमा सञ्चालन हुने सर्वोच्चले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij