Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असोज २७ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् असोज २७ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज २७ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

    काठमाडौँ ।नेपाली कांग्रेसका युवा नेताहरूले आगामी मङ्सिर मसान्तभित्र पार्टीको १५ औँ महाधिवेशन गर्नेगरी स्पष्ट कार्ययोजना ल्याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

     

    नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वअध्यक्ष इञ्जिनियर रञ्जित कर्ण नेतृत्वको टोलीले आज कांग्रेसको मङ्सिरभित्रै महाधिवेशन गर्न स्पष्ट कार्ययोजना ल्याउन माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय समितिलाई आग्रह गरेका हुन् ।

    परराष्ट्र मन्त्रालयले भन्यो-विपिन जोशीको अवस्था अज्ञात

    काठमाडौँ । परराष्ट्र मन्त्रालयले हमास समूहले दुई वर्षदेखि बन्दी बनाएर राखेका नेपाली विद्यार्थी बिपिन जोशीको अवस्थाबारे अझै पनि कुनै जानकारी प्राप्त नभएको जनाएको छ। मन्त्रालयका अनुसार विभिन्न माध्यमबाट निरन्तर सम्पर्क र जानकारी संकलनका प्रयास भइरहेको भए पनि उनको वर्तमान अवस्था र स्थानबारे ठोस जानकारी प्राप्त हुन सकेको छैन। सरकारका तर्फबाट बिपिनको सुरक्षित र शीघ्र रिहाइका लागि कूटनीतिक पहल जारी राखिएको मन्त्रालयले जनाएको छ।

     

    सुरक्षा परिषद् बैठक : अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

    काठमाडौँ ।  प्रधानमन्त्री एवं राष्ट्रिय  सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा आज परिषद्को बैठक बसेको छ ।

     

    सिंहदरबारस्थित सचिवालयमा बसेको परिषद्को ४० औँ बैठकमा हालको वर्तमान अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

    “अमेरिका चीनलाई चोट पु-याउन चाहँदैन,” ट्रम्पले भने

    वासिंटन (एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीनसँगको तनाव कम गर्न खोज्दै  चिनियाँ राष्ट्रपति सी जिनपिङ सम्मानित भएको बताएका छन् ।ट्रुथ सोसलमा ट्रम्पले अमेरिका चीनलाई मद्दत गर्न चाहन्छ भनी  पोस्ट गरेका हुन् । 
    “चीनको बारेमा चिन्ता नगर्नुहोस्, सबै ठीक हुनेछ! उच्च सम्मानित राष्ट्रपति सीले भर्खरै नराम्रो क्षण भोग्नु परेको थियो। उनी आफ्नो देशको लागि मन्दी चाहँदैनन्, र म पनि चाहँदैन। अमेरिका चीनलाई मद्दत गर्न चाहन्छ, चोट पु¥याउन होइन!!!। ” 
    ह्वाइट हाउसले एक्स मा एक पोस्टमा भन्यो, “चीनले यस्तो कारबाही गरेको थियो भनेर विश्वास गर्न असम्भव छ, तर उनीहरूले गरेको छ, र बाँकी इतिहास हो।” यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद!“

    मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले राजीनामा दिइन्

    काठमाडौँ ।  मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्।शर्माले सोमबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जनाएकी हुन् । 

     

     लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेकी शर्माले  ‘मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको पदबाट आजको मितिदेखि लागू हुने गरी यो राजीनामा पेस गर्दछु,’ राजीनामा पत्रमा तिवारीले लेखेकी छन्।

    पूर्वसभामुख, पूर्व अर्थमन्त्री तथा पूर्व  गृहमन्त्री समेत रहेका  कृष्णबहादुर महराविरुद्ध मुद्दा दायर

    काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख पूर्व अर्थमन्त्री तथा पूर्व  गृहमन्त्री समेत रहेका  कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता गरिएको छ ।  जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी सार्वजनिक गरेका हुन् ।

     

    मुद्दामा  ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस हुनेछ । बहसपछि धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश हुनेछ ।

    नोटबन्दी भए जेनजी आन्दोलनबाट भन्दा बढी क्षति हुने चेतावनी

    काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र छलफलहरु हुन थालेका छन् । यसैबीच, देशको संघीय राजधानी काठमाडौंमा ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया सम्पन्न भएको छ ।

     

    नेपाल–भारत वर्ल्ड डेभलपमेन्ट फोरमले  काठमाडौंमा ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । सो अन्तरक्रिया कार्यक्रममा विभिन्न अर्थ विद्, बुद्धिजीबी, युवा राजनीतिकर्मी र बौद्धिक व्यक्तित्वहरुको सहभागिता थियो ।

    नवप्रवर्तन–सञ्चालित आर्थिक वृद्धिको सिद्धान्तका तीन अर्थशास्त्रीलाई नोबेल सम्मान

    स्टकहोम (रासस/एपी) ।नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ । मोकिर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध हुनुहुन्छ । अघियन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग तथा हाविट अमेरिकाकै ब्राउन विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ । नोबेल समितिले विज्ञप्तिमा उल्लेख गरेको छ, “मोकिरले आविष्कारहरू कसरी आत्म–उत्पादन प्रक्रियामा एकअर्कालाई प्रोत्साहित गर्छन् भन्ने देखाउनुभयो । उहाँको शोधले के काम गर्छ भन्ने मात्रै होइन, किन गर्छ भन्ने वैज्ञानिक स्पष्टीकरणको आवश्यकता पनि औँल्याएको छ ।” त्यस्तै अघियन र हाविटले सन् १९९२ मा प्रकाशित एक प्रसिद्ध शोधपत्रमार्फत निरन्तर आर्थिक वृद्धिको संयन्त्र स्पष्ट गर्नुभयो । उहाँहरूले ‘रचनात्मक विनाश’ (क्रिएटिभ डिस्ट्रक्सन) को अवधारणामा आधारित गणितीय मोडेल विकास गर्नुभयो — जसमा नयाँ र उन्नत उत्पादन बजारमा प्रवेश गर्दा पुराना उत्पादनहरू र तिनीहरू बेच्ने कम्पनीहरू प्रतिस्थापित हुने प्रक्रिया समावेश छ ।

    मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटमा राजदूत पार्कले मन्त्री घिसिङलाई कोरियाका तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा मन्त्री घिसिङले नेपाल र कोरियाबीच आर्थिक सहायतामा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै ऊर्जा सन्तुलन र विद्युत् निर्यातका लागि ठूला जलाशयुक्त जलविद्युत् आवश्यक रहेकाले ५०० मेगावाटभन्दा ठूला त्यस्ता आयोजनामा सहयोग गर्नु आग्रह गर्नुभयो । उहाँले दुई देशको सरकारी तहबाट साझेदारीमा या कोरियन निजी कम्पनीको लगानी र कोरियामा सफल रहेका एवं नेपालमा प्रचुर सम्भावना रहेका हरित हाइड्रोजनको उत्पादनलाई नमूना परियोजनाका रूपमा विकास गरी यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।

    सोमबार नेप्से परिसूचक ४४.२५ अंक  बढेर २५४७.६०   बिन्दुमा, कारोबार ५ अर्ब मुनि

    काठमाडौँ ।  सोमबार शेयर बजारमा  नेप्से परिसूचक ४४.२५ अंक  बढेर २५४७.६०   बिन्दुमा पुगेको छ ।    
    ९९ लाख ४ हजार ८ सय ७८ कित्ता शेयरको खरिद बिक्रीबाट सोमबार कुल ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५सय ४५ रुपैयाँ ४५ पैसा बराबरको कारोबार भएको हो । 

     

    शेयर बजारमा ७८.८३ अंकको ठुलो गिरावटले भासिएर नेप्से परिसूचक २५०३.३५ बिन्दुमा झरेको थियो ।  आइतबार शेयर बजारमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको कारोबार भएको  थियो  ।

    पाकिस्तानको हबिब बैंकले हिमालयनबैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सलाई बेच्न अनुमति

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर  बिक्री गर्न अनुमति दिएको छ ।राष्ट्र बैंकले दिएको स्वीकृति अनुसार  हबिब बैंकले नेसनल लाइफ इन्स्योरेन्सलाई सेयर बिक्री गर्न पाउने भएको हो ।

     

    पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको सेयर बिक्री गर्दा  नेशनल लाइफले किन्न पाउने भएको हो । बिक्री गर्न  राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने थियो । राष्ट्र बैंकले हिमालयन बैंकलाई पत्र पठाउँदै नेशनललाई सेयर बिक्री गर्न भनेको छ ।

    टोखामा २५ करोड नगद सहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार

    काठमाडौँ ।  टोखामा २५ करोड नगद  लोड गरिएको ट्रकसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार भएका छन् ।

     

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा जेनजी आन्दोलनको क्रममा कारागारबाट भाग्न सकेको खुलेको हो । 

    सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) बाट  उनी २४ भदौको राति फरार भएका थिए । फरार भएको एक महिना बित्दा समेत न उनी कारागार फर्केका छन् न अहिलेसम्म पक्राउ नै परेका छन् ।कारागार व्यवस्थापन विभागले आइतबार सार्वजनिक गरेको  फरार कैदीहरुको सूची   सूचीमा लामाको पनि नाम छ ।

    सुनको मूल्य वृद्धि भई नयाँ रेकर्ड , तोलाको २ लाख ४० हजार ४ सय कायम

    काठमाडौँ । सुनको मूल्य वृद्धि भई सोमबार  तोलाको २ लाख ४० हजार ४ सय नयाँ रेकर्ड मूल्य कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

    जेनजी समूहलाई १० प्रति सेयर दिने सम्झौता पछि बन्द भएको भोटेकोशी जलविद्युतको अवरोध खुला

     

    काठमाडौँ । भोटेकोशी पावर कम्पनीले  १० प्रतिशत सेयर दिने सहमति गरेपछि जेनजी समूहको अवरोध हटेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा जेनजी समूहले गरेको आन्दोलनको नाममा एक महिनादेखि बन्द भोटेकोशी जलविद्युत आयोजना सञ्चालनमा आएको हो ।

     

    यसअघि राजनीतिक दलका प्रतिनिधिसमेतको रोहबरमा आयोजनाले स्थानीयलाई ६ प्रतिशत सेयर दिने सम्झौता भएको थियो । तर, भदौ २२ र २४ गतेको जेनजी आन्दोलनपछि भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडको नाममा स्थानीयको समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर मागेको थियो ।

    नेकपा माओवादी केन्द्रद्वारा पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दिएको छ ।

     

    सुवेदीले एक युट्युब च्यानलमा  जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको अभिव्यक्ति दिएकोमा  विरोध जनाउँदै नेकपा माओवादी केन्द्रले उजुरी दिएको  हो ।

    वीर अस्पतालका लेखा अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९वीर अस्पताल० का लेखा अधिकृत ढुण्डिराज दाहाललाई एक लाख २० हजार ५८० रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूबाट बिल भुक्तानीका लागि घुस रकम असुल गरेको भन्ने सूचनाका आधारमा आयोगले आइतबार छापा मारेको हो।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij