Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको राजीनामा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको राजीनामा

  •  

    काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिनुभएको छ। उहाँले बुधबार दिउँसो प्रधानमन्त्री सुशिला कार्कीलाई भेटी राजीनामा पत्र बुझाउनुभएको हो।

    डा। लामिछानेले घरायसी जिम्मेवारी र स्वास्थ्य कारण देखाउँदै स्वेच्छाले पद त्याग गर्नुभएको बताइएको छ। उहाँले आफ्नो कार्यकालभर प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, शिक्षक र विद्यार्थीहरूलाई सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको छ।

    चार वर्षे कार्यकाल आगामी फागुनमा सकिँदै थियो, तर कार्यकाल पूरा हुनुअघि नै पदबाट अलग हुने निर्णय लिनुभएको हो। उहाँको नेतृत्वमा प्रतिष्ठानले शिक्षण अस्पताल सेवा विस्तार, शैक्षिक कार्यक्रम सुदृढीकरण र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेको मानिन्छ। साथै, विभिन्न नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालनमा आएका थिए।

    डा। लामिछानेको राजीनामापछि नयाँ उपकुलपति चयन प्रक्रियाबारे छलफल सुरु भएको र सरकारको स्वीकृतिपछि छिट्टै नयाँ नियुक्ति हुने अपेक्षा गरिएको छ। राजीनामापछि उहाँले निजी जीवन र स्वास्थ्य सुधारमा ध्यान केन्द्रित गर्ने बताउनुभएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij