Logo

Oct 18 2025 | २०८२, कात्तिक १गते

Oct 18 2025 | २०८२, कात्तिक १गते

images

दुई महिनामा वाणिज्य बैंकहरूको नाफा साढे १६ अर्ब बढी

दुई महिनामा वाणिज्य बैंकहरूको नाफा साढे १६ अर्ब बढी

  • काठमाडौँ । चालु आर्थिक वर्ष (आव)को  २ महिनामा वाणिज्य बैंकहरुले साढे १६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । भदौसम्म  २० वटा वाणिज्य बैंकले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । 

    साउन र भदौमा  ६ वटा वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी भएको छ ।  १ अर्ब नाफा गर्ने ती बैंंकहरूमा सबै भन्दा बढी ग्लोबल आइएमई बैंकले १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको हो । दोस्रो ठुलो नाफा  नबिल बैंकको  १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ रहेको  छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को  १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ, कुमारी बैंकको  १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ, प्राइम बैंकको  १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ र एनएमबि बैंकको १ अर्ब ३ करोड ९ लाख रुपैयाँ नाफा  रहेको छ ।

    यसैगरी एक अर्ब मुनि ९० करोड भन्दा माथि नाफा गर्ने बैंक लक्ष्मी सनराइज बैंकको  ९७ करोड ४१ लाख रुपैयाँ र एभरेष्ट बैंकले ९१ करोड २८ लाख रुपैयाँ रहेको छ । ९० भन्दा मुनि ८० करोड भन्दा माथि नाफा गर्ने  राष्ट्रिय वाणिज्य बैंकको  ८८ करोड ५८ लाख रुपैयाँ, सिद्धार्थ बैंकको  ८४ करोड ९० लाख रुपैयाँ, नेपाल बैंकको  ८४ करोड २८ लाख रुपैयाँ नाफा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    यसैगरी ८० मुनि र ५०  करोड भन्दा माथि नाफा गर्ने बैंकहरूमा सानिमा बैंकको  ७२ करोड १५ लाख रुपैयाँ, प्रभु बैंकको  ६७ करोड ६० लाख रुपैयाँ, कृषि विकास बैंकको  ५८ करोड ९८ लाख रुपैयाँ, सिटिजन्स बैंकको ५५ करोड ७६ लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको  ५३ करोड २२ लाख रुपैयाँ रहेको छ । ५० करोड भन्दा मुनि नाफा गर्ने बैंकहरूमा एनआईसी एशिया बैंकको  ४९ करोड ५१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको  ४८ करोड १९ लाख रुपैयाँ, हिमालयन बैंकको ३७ करोड ७ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकको  ३५ करोड ४५ लाख रुपैयाँ नाफा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij