
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारीहरू माथि अभियोग चलाउन फाइल खोलिएको बताएकी छिन् । विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई नेपालको विद्यमान राजनीतिक सामाजिक अवस्थाबारे जानकारी गराउने क्रममा ब्रिफिङ गर्ने क्रममा शुक्रबार उनले यस्तो बताएकी हुन् ।
उनले भनिन् ‘हामीले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरेका छौं र ज्यादै फैलिएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौं,’
वर्तमान सरकारले जवाफदेहीता सुनिश्चित गर्न तत्काल कदमहरू चालिरहेको बताउँदै उनले भनिन् ‘संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यहरूका लागि सबैभन्दा बढी फौज पठाउने देश हुनुमा हामीलाई गर्व छ । यो विश्व शान्तिमा हाम्रो सामान्य तर अर्थपूर्ण योगदान हो ।’
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij