Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

नर्सका माग सम्बोधन गर्न सरकारद्वारा १४ सदस्यी समिति गठन

नर्सका माग सम्बोधन गर्न सरकारद्वारा १४ सदस्यी समिति गठन

  •  

    काठमाडौँ ।  सरकारले नर्सिङ स्वास्थ्यकर्मीको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।

     

    देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलित छन् । प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीसँग छलफल गरेर तत्काल समस्याको सम्बोधन गर्न निर्देशन दिनुभएको थियो ।

     

    समितिको पहिलो बैठक आजै बसेर आन्दोलनरत नर्सलाई काममा फर्काउन वातावरण बनाउने प्रयास भइरहेको मन्त्रालयका सचिव डा विकास देवकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भोलिदेखि तिहार बिदा छ । धेरै जनशक्ति बिदामा बस्ने भएकाले कामको चाप हुन्छ । त्यसैले आजै सहमति गरी आन्दोलनरत पक्षलाई काममा फर्काउने कोसिसमा छौँ । काममा फर्किनका लागि हाम्रो आह्वान पनि छ ।”

     

    डा देवकोटाका अनुसार समितिले एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन दिनुपर्नेछ । तत्काल र दीर्घकालीन रूपमा समस्या समाधानका लागि गर्नुपर्ने कामका विषयमा सुझावसहितको प्रतिवेदन दिनुपर्ने समितिको कार्यादेश छ । 

     

    समितिमा स्वास्थ्य मन्त्रालयको गुनासो सुनुवाइ एकाइ प्रमुख डा अनुप बाँस्तोला सदस्य हुनुहुन्छ । यस्तै चिकित्सा शिक्षा आयोगका निर्देशक, स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख, गृह, अर्थ, श्रम, शिक्षा मन्त्रालयका प्रतिनिधि पनि समितिको सदस्यमा हुनुहुन्छ ।

     

    नेपाल नर्सिङ परिषद्, नेपाल नर्सिङ, नेपाल मेडिकल तथा डेन्टल कलेज एशोसिएसन्स, निजी अस्पतालको छाता संस्था एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल ९अफिन०, आन्दोलनरत नर्सका प्रतिनिधि पनि समितिमा समावेश छन् भने स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ ।

     

    नर्सहरूले सरकारले तोकेको आधारभूत तलब तथा सुविधा पाउनुपर्ने  राख्दै आन्दोलन गरिरहेका छन् । अहिले सरकारले तोकेको आधारभूत तलब रु ३४ हजार ७३० रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij