
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव डा. संगीता मिश्रासहित १५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आइतबार विशेष अदालतमा दर्ता गरिएको मुद्दामा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भनी संलग्नहरूविरुद्ध कानुनी कारबाहीको माग गरिएको हो ।
डा .मिश्रामाथि स्वास्थ्य सचिव रहँदा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गरी स्वार्थअनुसार निर्णय गरेको आरोप लगाइएको छ ।समयमा स्वास्थ्य सचिवको दौडमा रहेकी डा .मिश्रालाई नबनाइ तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डा. विकास देवकोटालाई सचिव बनाएका थिए ।
यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेपछि मिश्राले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । त्यसबेला उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने तयारी भए पनि अख्तियारले अनुसन्धान अघि बढाएपछि राजनीतिक नियुक्ति रोकिएको थियो ।अब विशेष अदालतको फैसलाले संलग्नता पुष्टि हुने वा नहुने टुंगो लाग्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij