Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध १६ रिट सर्वोच्चमा

प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध १६ रिट सर्वोच्चमा

  •  

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधिसभा विघटनविरुद्ध थप पाँच नयाँ रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन्। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आइतबारसम्म दर्ता भएका रिटको संख्या १६ पुगेको छ।

    यसअघि ११ वटा रिट दर्ता भएका थिए भने, नयाँ पाँच रिट दर्ता भएपछि विघटनलाई असंवैधानिक दाबी गर्दै सर्वोच्च अदालतमा विवादको संख्या बढेको हो।

    अदालत प्रशासनका अनुसार सबै रिट संवैधानिक इजलासमा दर्ता भएका छन् र ती निवेदनहरूलाई कात्तिक १२ गते एकैपटक पेस गरिने तय भएको छ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले रिटहरू संवैधानिक इजलासमा पेश गर्न निर्देशन दिइसकेका छन्। पहिलो सुनुवाइमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै सम्बन्धित पक्षहरूलाई छलफलमा बोलाउने तयारी गरेको छ।

    यी सबै रिटमा राष्ट्रपति कार्यालय शीतलनिवास, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् लाई विपक्षी बनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij