Logo

Oct 20 2025 | २०८२, कात्तिक ३गते

Oct 20 2025 | २०८२, कात्तिक ३गते

images

देशभर मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदलीको सम्भावना

देशभर मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदलीको सम्भावना

  •  

    काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसोका समयमा सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रह्ने सम्भावना छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी प्रदेशका पहाडी क्षेत्रमा फाटफुट रूपमा हल्का वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ। त्यस्तै, आज राति देशभरको मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ। महाशाखाको विश्लेषणअनुसार, हाल कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेकाले आगामी २४ घण्टासम्म मौसममा ठूलो परिवर्तन हुने सम्भावना छैन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij