Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

अन्तरिम सरकारका दुई नयाँ मन्त्रीहरूले शपथ लिए

अन्तरिम सरकारका दुई नयाँ मन्त्रीहरूले शपथ लिए

  • काठमाडौँ ।  अन्तरिम सरकारका दुई नयाँ मन्त्रीहरूले आइतबार शपथ लिएका छन् ।   राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमानयाँ मन्त्रीहरूले शपथ लिएका हुन् ।प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् । शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।

    सिफारिसमा परेकाहरू को अन्तिम समयमा आएर  नाम रोकिएकोले शपथ लिन नगएपछि दुई जनाको शपथ ग्रहण भएको हो ।रोकिएकाहरूमा  खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ सिफारिस भए पनि अन्तिम समयमा आएर उनीहरूको नाम रोकिएको थियो । सुनारलाई श्रम र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रुपमा प्रधानमन्त्री सिफारिस गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij