काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा सुन आयात उच्च दरले बढेजस्तै आयात पनि बढेको छ ।पहिलो तीन महिनामा मा मात्रै ६ सय ६ किलो सुन आयात भएको हो ।भन्सार विभागको प्रतिवेदन अनुसार गत आव पहिलो तीन महिनामा १ सय १३.५ किलो सुन आयात भएको थियो भने चालु आवमा करिब ६ गुना बढेर ६ सय ६ किलो आयात भएको हो ।
जसमा ६ सय १ किलो काँचो र करिब ५ किलो सुनका गहना आयात भएको हो ।गत वर्षको तुलनामा भाउ बढेपछि लगानीकर्ताले सुनमा लगानी वृद्धि गर्दा माग बढेको हो । पछिल्लो समय बजारमा सुनको माग अधिक र आपूर्ति न्यून हुँदा अभाव बढेको थियो । बजारमा सुनको माग बढेपछि सरकारले आयात कोटा समेत बढाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij