Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

जेनजी आन्दोलनबाट क्षतिग्रस्त हायात रिजेन्सी पुनर्निर्माणपछि छिट्टै सञ्चालनमा आउने

जेनजी आन्दोलनबाट क्षतिग्रस्त हायात रिजेन्सी पुनर्निर्माणपछि छिट्टै सञ्चालनमा आउने

  •  

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको पाँचतारे तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) पुनर्निर्माण सम्पन्न भएपछि शीघ्र सञ्चालनमा आउने भएको छ।

    होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार जारी गरेको विज्ञप्तिमा पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र होटललाई यथाशीघ्र पुनः सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ। आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन भइरहेको र पुनर्निर्माणपछि होटलले पर्यटन क्षेत्रमा नेपालको प्रतिष्ठा अझ उच्च स्तरमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

    यसअघि, होटल क्षतिग्रस्त भएपछि अस्थायी रूपमा बन्द गर्ने निर्णय सार्वजनिक गरिएको थियो। सो क्रममा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले होटल पुनः सञ्चालनका लागि सरकारबाट आवश्यक सहयोग प्रदान गरिने आश्वासन दिएका थिए। होटल व्यवस्थापनले सरकारको उक्त सहयोगी प्रतिबद्धताप्रति आभार व्यक्त गरेको छ।

    तर, होटल बन्दको निर्णयपछि सम्बन्धित ट्रेड युनियनहरूले व्यवस्थापनको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल होटेल, क्यासिनो तथा रेस्टुरेन्ट श्रमिक सङ्घ, अखिल नेपाल होटेल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर सङ्घ, र नेपाल पर्यटन, होटेल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन सङ्घले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै कुनै छलफलबिना अनिश्चितकालीन बन्दको निर्णय गरेको भन्दै विरोध व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij