काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसलबाट ९ करोड बढीको खाद्यान्न बिक्री गरेको छ।चाडपर्वलाई लक्षित गरेर साल्ट ट्रेडिङले सञ्चालन गरेको सुपथ मूल्यको पसलबाट ९ करोड २० लाखको बिक्री गरेको कम्पनीका बजार प्रबन्धक प्रज्वल प्रधानले जनाएका हुन् ।
भदौ ३० गतेदेखि छठसम्म संचालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ९ करोड २० लाख रुपैयाँको खाद्यान्न बिक्री भएको जनाइएको हो ।गत वर्षको तुलनामा यो रकम करिब २ करोड रुपैयाँले बढी हो। कम्पनीले आफ्ना आउटलेटका अलावा घुम्ती पसलमार्फत पनि खाद्यान्न बिक्री गरेको थियो। साल्ट ट्रेडिङले ग्राहकलाई प्रति किलो नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, चिउरा, पिठो, मैदा र दालमा ७/७ रुपैयाँ तथा तेलमा प्रति लिटर ७ रुपैयाँ छुट दिएको थियो। यस्तै उपभोक्ताले २० देखि २५ केजीको चामल खरिद गर्दा २० देखि ३५ रुपैयाँसम्म छुट पाएका थिए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij