Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

आज पनि घट्यो सुनको मूल्य ,तोलाको २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार

आज पनि घट्यो सुनको मूल्य ,तोलाको २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार

  • काठमाडौँ । तिहारपछि बजार खुलेसँगै घट्दै आएको सुनको मूल्य नेपाली बजारमा बुधबार पनि  घटेर सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ  कायम भएको छ ।  मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ७०० रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको हो । 

    यसैबिच बुधबार चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने बढेर तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको हो ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij