Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

सप्तकोशी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा

सप्तकोशी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । साथै राष्ट्र बैंकले सीईओलाई नसिहत पनि दिएको छ ।सप्तकोशीको न्यूनतम पुँजीकोष सीमा २४.९ प्रतिशत न्यून भएपछि राष्ट्र बैंकले कारबाही गरेको हो । राष्ट्र बैंकले सप्तकोशीमा स्थलगत निरीक्षणको क्रममा कर्जा नोक्सानी व्यवस्था समायोजन गर्दा २०८१ असार मसान्तमा संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोकेको १० प्रतिशतको न्यूनतम पुँजीकोष अनुपातमा ४२.७ प्रतिशतले नपुग रहेको पाएको थियो ।साथै २०८२ असार मसान्तको पछिल्लो वित्तीय विवरणअनुसार न्यूनतम पुँजीकोष अनुपात ७.५१ प्रतिशत रहेको केन्द्रीय बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपातमा २४.९ प्रतिशतले न्यून रहकोले राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड “क” मा रहेको व्यवस्था बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको जनाइएको छ ।

    केन्द्रीय बैंकले सप्तकोशीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशकुमार पोखरेललाई नसिहत दिएको छ । केन्द्रीय बैंकले तयार गरेको स्थलगत निरीक्षण प्रतिवेदन, २०८१ मा बैंकले प्रवाह गरेको चालु पुँजी प्रकृतिका कर्जाहरु आवश्यक कागजात नलिई संस्थाको कोर बैंकिङ्ग प्रणालीमा समयावधि थप गरेको, कर्जा नोक्सानी व्यवस्थासम्बन्धी विवरण यथार्थपरक नभएको तथा यस बैंकमा गरेको रिपोर्टिङ्ग विस्वसनीय नभएको पाइएको छ । राष्ट्र बैंकले दिइएका निर्देशनहरु पालना नगरेको पाइएकाले संस्थाका सीईओ पोखरेललाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (क) बमोजिम नसिहत दिइएको जनाइएको छ ।

    यस्तै राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा पाइएका कैफियतहरु सुधार गर्ने जिम्मेवारी संस्थाको सञ्चालक समितिमा रहन्छ । कैफियत÷गल्ती तथा अवस्था पुनः दोहोरिन नदिन र सीईओबाट भएका कैफियतहरु सुधारको लागि जिम्मेवार रहन संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (ग) बमोजिम लिखित आदेश जारी गरिएको जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij