काठमाडौंँ । मंगलबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएको छ । तोलामा १४ सय रुपैयाँ घटेर सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो । असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ । असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij