Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

भिभो वाई ४०० नेपाली बजारमा सार्वजनिक

भिभो वाई ४०० नेपाली बजारमा सार्वजनिक

  • काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ वाई सिरिज अन्तर्गतको शक्तिशाली मोडल भिभो वाई ४०० नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । शैली, मनोरञ्जन, टिकाउपन र स्मार्ट प्रदर्शन चाहने प्रयोगकर्ताका लागि तयार गरिएको यो फोन केवल स्मार्टफोन मात्र होइन, एक सर्वगुण सम्पन्न साथी हो — जसले फ्ल्यागशिप स्तरको अनुभवलाई सुलभ मूल्यमा उपलब्ध गराउँछ।

    भिभो वाई ४०० ले आधुनिक डिजाइन र प्रीमियम फिनिशमार्फत दैनिक स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पु¥याएको छ। यो फोन दुई आकर्षक रङमा उपलब्ध छ – प्राकृतिक मोतीको चमकबाट प्रेरित, पर्ल व्हाइट र रेशमी ग्रेडियन्ट र मेटालिक चमकसहित डायनामिक ग्रीन । ७.९ एमएम मेटालिक फ्रेम र अत्यन्तै पातलो बेजलहरू सहित, यसमा ३७% सम्म पातलो डिस्प्ले डिजाइन समावेश गरिएको छ। फोनको कुशन–कट डायमन्ड क्यामेरा डिजाइनले यसको प्रिमियम आकर्षणलाई अझ मजबुत बनाएको छ।

    ६.६७–इन्च १२० हर्ज एएमोलेड डिस्प्लेले रंगीन र स्पष्ट दृश्य प्रदान गर्छ भने डुअल स्टेरियो स्पिकरले ४००% सम्म ध्वनि वृद्धि गरेर सिनेमाजस्तो अनुभव दिन्छ। एसजीएस आई प्रोटेक्सन प्रमाणित स्क्रिनले लामो प्रयोगमा पनि आँखाको सुरक्षा गर्छ, र इन–डिस्प्ले फिङ्गरप्रिन्ट अनलकले छिटो र सुरक्षित अनलक सुनिश्चित गर्छ। ५० एमपी सोनी आई एम एक्स ८५२ मुख्य क्यामेरा, ८ एमपी फ्रन्ट क्यामेरा र २ एमपी बोके क्यामेरा सहित, यो फोनले उत्कृष्ट तस्बिरहरू खिच्न सक्षम बनाउँछ । अण्डरवाटर फोटोग्राफी र वन–ट्याप वाटर इजेक्सन सुविधाले फोटोग्राफी अनुभवलाई अझ सहज बनाउँछन्। त्यसैगरी, एआई इरेज २.० र एआई फोटो इन्ह्यान्सले तस्वीरहरू एक क्लिकमै सफा र स्पष्ट बनाउँछन्, जबकि लाइभ फोटोले हरेक क्षणलाई गतिशील रूपले पुनर्जीवित गर्छ।
    भिभो वाई ४०० आई पी ६८÷६९ डस्ट एन्ड वाटर रेसिस्ट्यान्ट फोन भएकाले, यो फोन २ मिटर गहिरो पानीमा ३० मिनेटसम्म सुरक्षित रहन्छ । वेट–ह्याण्ड टच अल्गोरिदमले भिजेका हातले पनि सहज प्रयोग सुनिश्चित गर्छ।

    फोनसँगै आउने एयर स्प्रीङ टेक्नोलोजी ड्रप रेजिस्टेन्ट केसले थप सुरक्षा प्रदान गर्छ, जसले झर्ने वा ठोक्किने जोखिमलाई न्यून पार्छ। ६००० एमएएच ब्लू–भोल्ट ब्याट्रीले ६१ घण्टासम्म संगीत, ४ घण्टा बढी भिडियो स्ट्रिमिङ र २ घण्टा बढी गेमिङको शक्ति दिन्छ । ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजीले १% बाट ५०% चार्जमा पुग्न मात्र ३० मिनेट लिन्छ । साथै, स्मार्ट चार्जिङ इन्जिन २.०, ओभरनाइट चार्जिङ प्रोटेक्सन र २४–डाइमेन्सन सेफ्टी मोनिटरिङले चार्जिङलाई सुरक्षित र भरपर्दो बनाउँछन्। डुअल–मोड्युल कुलिङ सिस्टमले उच्च प्रदर्शनका बेला पनि फोनलाई चिसो र स्थिर राख्छ।फोनसँगै आउने एयर स्प्रीङ टेक्नोलोजी ड्रप रेजिस्टेन्ट केसले थप सुरक्षा प्रदान गर्छ, जसले झर्ने वा ठोक्किने जोखिमलाई न्यून पार्छ। 

    स्न्यापड्रैगन ६८५ (६एनएम) प्रोसेसरद्वारा संचालित भिभो वाई ४०० ले तेज र इनर्जी ईफिसिएन्ट पर्फमेन्स प्रदान गर्छ।  यो फोनमा २५६ जि बी स्टोरेज र ८ जि बी एक्सटेन्डेड ¥यामको संयोजन छ, जसले मल्टिटास्किङ र स्मूथ अनुभव सुनिश्चित गर्छ। भिभोको ५० मन्थ स्मूथ एक्सपेरियन्स फिचरले लामो समयसम्म पनि उत्कृष्ट प्रदर्शन कायम राख्छ।

    एआई सुविधाहरूमा एआई नोट्स, एआई रेकर्डर, एआई डकुमेन्ट्स, स्क्रिन ट्रान्सलेसन, र सर्कल टु सर्च समावेश छन् — जसले नोट बनाउनेदेखि अनुवाद र सर्च कार्यसम्मलाई सहज बनाउँछ। साथै, लिंक टु विन्डोज फिचरले फोनलाई कम्प्युटरसँग सजिलै लिंक गर्न सकिन्छ।

    डिजाइन, प्रदर्शन र टिकाउपनको उत्कृष्ट संयोजनसहितको भिभो वाई ४०० अहिले नै भिभो अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्लेटफर्ममा रु. ३६,९९९ मा उपलब्ध छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij