काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरूले कुल साढे १२ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । चालु आर्थिक वर्ष (आव)२०८२/८३ को पहिलो तीन महिना असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले १२ ९२ करोड ४६ रुपैया बराबरको बीमा संकलन गरेका हुन् ।
सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनीहरूले असोज मसान्तसम्ममा ७ लाख ८८ हजार ६१३ वटा बीमा पोलिसी बिक्री गरेका थिए । सो अविधमा संकलन गरिएको १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क मध्ये असोजमा मात्रै बीमा कम्पनीहरूले ४ अर्ब ६३ करोड १४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । सो रकम २ लाख ९० हजार ३०५ वटा पोलिसी बिक्री गरी रकम संकलन भएको हो ।
सो अवधिमा सबैभन्दा धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले गरेको छ । कम्पनीले यस अवधिमा ६५ हजार १०२ पोलिसी बिक्री गरी १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । असोजमा मात्रै सलिकोले ६० करोड ३८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।
दोस्रो धेरै बीमा संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले असोजसम्ममा ७९ हजार ४४० पोलिसी बिक्री गरी १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७० हजार ६३० वटा पोलिसी बिक्री भएको छ । जसबाट १ अर्ब २२ करोड ४३ लाख रुपैयाँको बीमा शुल्क संकलन भएको छ ।सोहीगरी सोही अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ९९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले ९२ करोड ८३ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले ८८ करोड २९ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ७८ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ६८ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५० करोड ५६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
लघु निर्जीवन बीमा कम्पनीहरूमा नेपाल माइक्रोले ७ करोड तीन लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले ६ करोड ९९ लाख रुपैयाँ, स्टार माइक्रोले ५ करोड २२ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ६ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij