Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

देशभर मौसम सामान्य, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  •  

    काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ।

    महाशाखाका अनुसार दिउँसोका समयमा कोशी र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रहँदै ती प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको छ। यस्तै, आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहँदै बाँकी देशका अधिकांश भागमा मौसम सफा रहने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij