Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

सिटी होटलका २१ लाखभन्दा बढी हकप्रद शेयर लिलाममा

सिटी होटलका २१ लाखभन्दा बढी हकप्रद शेयर लिलाममा

  • काठमाडौं ।सिटी होटल लिमिटेड (CITY) ले आजदेखि (कात्तिक २३ गते) अवितरित हकप्रद शेयर लिलाम बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले यसअघि १ बराबर ०.८० अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेका शेयरहरू बढाबढ (लिलाम) मार्फत बिक्री गर्न लागेको हो।

    कम्पनीले २१ लाख ५० हजार ४१८ कित्ता शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। तीमध्ये संस्थापक समूहका लकइनमा रहेका १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी तर्फका ६ हजार कित्ता, र सर्वसाधारण समूहका लकइनमा नरहेका १ लाख ५४ हजार ४१९ कित्ता रहेका छन्।

    लिलामका लागि इच्छुक लगानीकर्ताले कात्तिक ३० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।

    न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिने र अधिकतम आवेदन नियामक निकायले तोकेको प्रतिव्यक्ति तथा संस्था सीमा भित्र रहनुपर्ने व्यवस्था गरिएको छ।

    उक्त शेयर बिक्रीको प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालयका साथै प्रभु बैंकका विराटनगर, हेटौँडा, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन्।

    कम्पनीले लिलाम प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले सम्पन्न गर्ने तयारी गरेको जनाएको छ

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij