Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

  • काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उहाँले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारीे हुनुपर्ने बताउनुभयो । सञ्चारमन्त्रीले भन्नुभयो, “पिएसबीको नारा ‘जष्टिफाई’ हुन जरुरी छ । यसले प्रस्तुत गर्ने सामग्रीमा नवीनता र सिर्जनशीलता झल्कनुपर्छ । पिएसबीमा जनताको सहज पहुँच सुनिश्चित गर्नुपर्छ ।”

    उहाँले विविध चुनौतीकाबीच पिएसबीको सुरुआत भएको भन्दै यसको दिगोपना र कन्टेन्ट विविधतामा जोड दिनुभयो । विदेशमा बसोबास गर्ने नेपाली तथा विदेशीको दृष्टिमा राष्ट्रको पहिचान र गौरव झल्कने सामग्री पिएसबीले समेट्न जरुरी भएको बताउनुभयो । मन्त्री खरेलले नेपालमा मात्र नभई विश्वभर आमसञ्चारका माध्यम चुनौतीपूर्ण अवस्थामा रहेका भन्दै पिएसबीलाई ‘मोबाइल डिजिटल प्लेटफर्म’ मार्फत रेडियो र टिभीका दर्शकस्रोता बढाउने गरी प्रसारण हुनुपर्नेमा जोड दिनुभयो । “हिजोको जस्तो भित्तामा टेलिभिजन राखेरर चल्दैन । बदलिँदो समय र प्रविधि तथा उपकरणअनुरुप अब सुधार गर्नैपर्छ । एनटिभीका पाँचवटै च्यानलमार्फत जनताको विश्वास जित्ने, ‘लाइक, भिवरसीप’ बढाउनुपर्छ । निजी क्षेत्रसँग प्रतिस्पर्धी पनि हुनुपर्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा मन्त्री खरेलले पछिल्लो समय आमसञ्चारमाध्यमलाई टिक्न कठिन भएको, प्रविधि र जनशक्ति व्यवस्थापन गरेर व्यावसायिक बन्न विविध चुनौती थपिँदै आमसञ्चारको दिगोपना र व्यवसायीकीकरणका निम्ति सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij