काठमाडौँ ।वर्तमान सरकारका तीन प्रमुख विकास मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङ आज ९सोमबार० नयाँ राजनीतिक पार्टीको घोषणा गर्न तयारी अवस्थामा छन्। उनीनिकट स्रोतका अनुसार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया अघि बढ्दैछ। यसअघि दर्ता भइसकेको ‘उज्यालो नेपाल पार्टी’ को नाम परिवर्तनका लागि निवेदन दिइने सम्भावना भए पनि, नयाँ पार्टी नै दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।
स्रोतका अनुसार नयाँ पार्टीको नाम ‘जनसेवा पार्टी’ रहनेछ। पार्टीको नेतृत्वबारे अन्तिम निर्णय सोमबार बिहान हुने भए पनि, कुलमान स्वयं अध्यक्ष बन्ने वा पूर्वऊर्जा सचिव डा। अनुपकुमार उपाध्याय लाई अध्यक्ष बनाउनेबारे छलफल जारी छ।
नयाँ पार्टीले ‘एक व्यक्ति, एक पद’ को सिद्धान्त कडाइका साथ लागू गर्ने नीति बनाएको बताइएको छ। यस अनुसार, सरकारमा जाने व्यक्तिहरू पार्टीको पदाधिकारी रहने छैनन्। साथै, पार्टीले कुलमान घिसिङलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सार्ने योजना बनाएको छ। यही कारणले उनी पार्टी अध्यक्ष नबन्ने सम्भावना बढी रहेको स्रोतले जनाएको छ।
हिजो ९आइतबार० दिनभर काठमाडौंको बौद्धमा कुलमाननिकट व्यक्तिहरूको बैठक बसेको थियो, जसमा नयाँ पार्टीको रूपरेखा र नीतिगत आधार तय गरिएको छ। आज बिहान पनि अर्को बैठक बस्ने कार्यक्रम छ।
स्रोतका अनुसार नयाँ बन्ने पार्टीलाई काठमाडौं महानगरका मेयर बालेन्द्र साह ९बालेन० को समर्थन रहनेछ। यद्यपि बालेन स्वयं पार्टीको पदमा नबस्ने र उनका प्रतिनिधिहरू मात्र सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij