काठमाडौँ । सोमबार सुनको मूल्य बढेर तोलाको २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको हो ।आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले महँगिएको हो ।
सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij