Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेवासेनिका महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगति ढिलाइबारे प्रधानमन्त्रीद्वारा चिन्ता व्यक्त

नेवासेनिका महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगति ढिलाइबारे प्रधानमन्त्रीद्वारा चिन्ता व्यक्त

  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगति ढिलाइबारे चिन्ता व्यक्त गरेकी छिन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले उनले मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर केही प्रगति नभएकोमा चिन्ता व्यक्त गरेकी हुन् ।

    निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा गत कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् । 

    उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख रहने सहसचिव सदस्यसचिव छन् ।तर नियुक्ति प्रक्रिया नबढेपछि सचिवलाई प्रधानमन्त्री कार्कीले बोलाएर जानकारी लिएकी छिन् ।

    यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताउँदै  सचिव मैनालीले आजै समितिको पहिलो बैठक बस्ने जानकारी गराए ।

    प्रधानमन्त्री कार्कीले ढिलो नगरी खुला प्रतिस्पर्धाका लागि दर्खास्त आह्वानको सूचना प्रकाशित गर्न निर्देशन दिएकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij